सूचना प्रविधि

स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा हटायो

१ असार,काठमाडौं।स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा  हटाएको छ। वैशाख १५ गतेदेखि उसले नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने व्यवस्था गरेको थियो। स्काइपबाट विदेशमा पनि सित्तैमा फोन गर्न सकिन्थ्यो। डेढ महिनापछि स्काइपले सो सेवा हटाएको हो।भूकम्पपछि आफन्तलाई कुरा सूचना आदान प्रदान गर्नका लागि उसले सो सेवा सुरु गरेको थियो।  फोन गर्नेको मोबाइलमा […]

‘लाखौं अमेरिकी कर्मचारीको तथ्यांक ‘ह्याक’ गरेर चीनले लग्यो’

वासिङ्टन : आफ्ना लाखौँ कर्मचारीको तथ्यांक ‘ह्याक’ गरी चिनियाँ गुप्तचरले चोरेर लगेको आरोप अमेरिकाले लगाएको छ । चीनका गुप्तचरले लामो समयको प्रयासपछि अमेरिकाको लाखौं तथ्यांक चोरेको निष्कर्श विश्लेषकहरूले निकालेका छन् । अहिलेसम्म पाएका प्रमाणाका आधारमा आफ्नो सूचना चोर्न चीनकै संलग्नता रहेको सङ्केत मिलेको उनीहरुले बताएका छन् । वासिङटनस्थित अनुसन्धान संस्था सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल […]

आइफोन अब भारतमा पनि बन्ने

एजेन्सी जेठ २९ । एप्पलका उत्पादनहरु रुचाउनेका लागि खुशीको खबर रहेको छ। अब एप्पलका आइफोन र आइप्याड पहिले भन्दा सस्तो मूल्यमा किन्न पाइनेछ। किनकि एप्पल आइफोन बनाउने कम्पनी फक्सकनले भारतमा आइफोन बनाउन सक्नेछ। भारतका उच्च अधिकारीहरुले दिएको यो जानकारी अनुसार भारत फक्सकनलाई कम मूल्यमा आइफोन उत्पादन गर्ने सुविधा प्रदान गर्न सक्नेछ। हाल फक्सकनले धेरैजसो आइफोनहरु […]

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा फोन गर्न सकिने

२० जेठ,काठमाडौं ।स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा फोन गर्न सकिने भएको छ । कल गर्दा पैसा  नलाग्ने स्काइपले जनाएको छ ।   नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन् ।  तर फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ । फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ । त्यसका लागि तपाईँले […]

नेपाली संसारका लागि प्रेरणा : गुगल

काठमाडौं १५ जेठ । विश्वको नम्बर एक इन्टरनेट सर्च इन्जिन गुगल नेपालको आठौं गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्नो गुगल डुडल नेपालप्रति समर्पित गरेको छ। गुगलले भनेको छ, ‘आज हामी नेपालीरुको तागत र जस्तोसुकै अप्ठयारोसँग जुध्न सक्ने क्षमताप्रति सम्मान प्रकट गर्छौ। दशकौदेखिको आन्दोलन र क्रान्तिपछि नेपाल आजकै मितिमा सन् २००८को २५ तारिक अर्थात आजकै ८ वर्षअघि संघीय […]

एभिन्युजको लाइसेन्स रद्द

जेष्ठ १२ मंगलवार, काठमाडौं । कहिले पत्रकारलाई श्रमजीवि ऐन अनुसार तलब सुविधा नदिएको त कहिले पत्रकारलाई तलब दिन नसकेको आरोप खेपीरहेका एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णीकारलाई फेरि अर्को वित्यास परेको छ । सुचना तथा सञ्चार मन्त्रालयले हिजो भाष्करराज राजकर्णीकार  कार्यकारी प्रमुख रहेको एभिन्युज टेलिभिजनले लाइसेन्स नविकरण नगरेको भन्दै लाइसेन्स नै रद्द गरेको चिठी पठाएको छ । आफुले […]

फोन सेवा अवरुद्ध….

काठमाडौं, ३० वैशाख मंगलबार आएको भूकम्पका कारण ३ वटा जिल्लाको फोन सेवा थप अवरुद्ध भएको छ । भूकम्पबाट बिटिएस टावर तथा ब्याकअपमा क्षति पुगेपछि दोलखा, सिन्धुपाल्चोक र रामेछापको फोन सेवा थप अवरुद्ध भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । १२ वैशाखमा आएको भूकम्पबाट नेपाल टेलिकमको दोलखामा भएको १२ मध्ये ५, रामेछापको १७ मध्ये १ र सिन्धुपाल्चोकको […]

भाइबर फेरि निःशुल्क

नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ । वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो । टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र […]

माइक्रोसफ्टले विन्डोज भर्सनको उत्पादन बन्द गर्ने

(एजेन्सी) – माइक्रोसफ्टले हाल उत्पादन गर्दै आएको विन्डोज अपरेटिङ सिस्टमको उत्पादन बन्द गर्ने भएको छ । माइक्रोसफ्ट डेभलपमेन्टका प्रमुख जेरी निक्सनले यसै साता आयोजना गरिएको एक कन्फ्रेन्समा बोल्दै विन्डोज १० नै विन्डोज भर्सनको अन्तिम उत्पादन हुने बताएका छन् । उनले विन्डोजलाई अपडेट गरिने समेत बताए । उनले विन्डो १० लाई परिमार्जित गर्दै लैजाने बताए । […]

नेपाल टेलिकम र एनसेललाई नि:शुल्क फ्रिक्वेन्सी

दूरसञ्चार प्राधिकरणले महाभूकम्पबाट धेरै टावरहरूमा क्षति पुगेकोले तत्कालका लागि नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ। महाभूकम्पबाट ग्रामीण र दुर्गम क्षेत्रका दूरसञ्चार पूर्वाधारमा धेरै क्षति भएपछि राहत तथा पुनस्र्थापनाका लागि गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा पु:याउन फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय प्राधिकरणले बुधबार गरेको हो। विपद्को समयमा मोबाइल […]