सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधनको प्रस्ताव मंगलबार व्यवस्थापिका संसदमा दर्ता गराएको छ। आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई उम्मेदवारी मनोनयनमा रहेको कानुनी जटिलताको हल खोज्न ऐन संशोधन गर्न लागिएको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले जेठ ३१ मा घोषित स्थानीय तह निर्वाचनलाई असार […]
नेपाल मेडिकल काउन्सिलले दाङका शिव चौधरीको उपचारमा मेघा अस्पतालले गरेको लापरवाही तथा चर्को शुल्क असुलेको घटनाबारे छानबिन थालेको छ। स्वास्थ्यमन्त्री गगन थापाले मेघा अस्पतालको घटनाप्रति चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिएपछि काउन्सिलले छानबिन सुरु गरेको हो। यो खबर हामीले दिपा दाहालले लेखेको आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। राँगाले हानी घाइते भएका चौधरीको ललितपुरस्थित मेघा […]
सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर बाजुराको कोल्टीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा हवाईजहाजचालक महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । कैलाशको मृत्यु भएको दुःखद समाचार सञ्चारमाध्यममा आएसँगै कैलाशका बालसखा आत्मीय साथी हरि राई स्तब्ध भए। यो […]
सरकारले राष्ट्रपतिरउपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै […]
निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ । यो खबर आजका अधिकांश पत्रपत्रिकामा छापिएको छ। हामीले नेपाल समाचार पत्र दैनिकबाट लिएका हौ। राजपाका नेताहरुलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले […]
गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ। सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो। कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ। आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी […]
आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएसँगै अब स्थानीय तहको खातामा अर्थ मन्त्रालयले सिधै बजेट पठाउने भएको छ। अर्थ मन्त्रालयले अब केही दिनभित्रै सम्बन्धित महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको खातामा विनियोजित बजेट पठाउनेछ । यो खबर नगेन्द्र सापकोटाले आजको गोरखापत्रमा लेखेका छन्। सरकारले स्थानीय तहको खातामा सिधै बजेट पठाएसँगै यसअघि जस्तो स्थानीय निकायले अनुमानित बजेटमा […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो। यो खबर बालकृष्ण अधिकारीले आजको नागरिक दैनिकमा लेखेका छन्। सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समय सकिन लाग्दा कांग्रेसले मंगलबार आयोजना गरेको सर्वदलीय […]
सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटमा कुन स्थानीय तहले कति रकम प्राप्त गरे भन्ने आम चासो छ । त्यसमाथि देशमा रहेका चार महानगरपालिकालाई सरकारले कति बजेट विनियोजन गर्यो भन्ने विषयमा अझ बढी आम चासो रहेको छ। कुन महानगरमा कति बजेट? काठमाडौं महानगरपालिका सबैभन्दा बढी बजेट पाउनेमा राजधानी काठमाडौं महानगरपालिका रहेको छ। सोमबार […]