अन्तराष्ट्रिय समाचार

पानीजहाज रोकिन लाग्दा भारत र चीनबीच तनाव

अनुसन्धानमा प्रयोग गरिएको एउटा चिनियाँ पानीजहाज यसै साता माल्दिभ्स पुग्ने कुराले बेइजिङ, दिल्ली र मालेबीचको तनाव चुलिएको छ। ‘शियाङ याङ हङ ३’ नामक उक्त पानीजहाज माल्दिभ्सको “बन्दरगाहमा छोटो विश्रामका लागि” आउन लागेको र त्यस क्रममा “कर्मचारीहरू अदलीबदली हुने र जहाजलाई आवश्यक सामान परिपूर्ति” गरिने जानकारी औपचारिक रूपमा दिइएको छ। सङ्क्षिप्तमा भन्नुपर्दा यो एकदम सामान्य विश्राम […]

नेतन्याहु : ‘पूर्ण जितबिना युद्ध रोकिँदैन’

इजरेली सेनाले सोमवार आफ्ना २४ जना सैनिक गाजामा मारिएका जनाएको छ जुन उसका लागि सो क्षेत्रमा जमिनमार्फत् सैन्य कारबाही सुरु गरेयताकै घातक दिन बनेको छ। मारिनेमध्ये २१ जना जगेडा सैनिक छन् जो सम्भावित रूपमा एउटा धराप विस्फोटनका कारण मारिएका ठानिएको छ। ती विस्फोटकलाई इजरेली सैनिकहरूले दुईवटा भवन ध्वस्त पार्नका लागि राखेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले […]

पाकिस्तानको चेतावनी : गम्भीर परिणाम बेहोर्नुपर्ने

पाकिस्तानले आफ्नो बलोचिस्तान प्रान्तमा दुईजना बालबालिकाको ज्यान जाने गरी क्षेप्यास्त्र हमला गरेको भन्दै आक्रोश व्यक्त गर्दै इरानको निन्दा गरेको छ। इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लङ्घन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी पनि दिएको छ। उक्त घटनापछि ती दुई छिमेकी देशबीच तनाव बढेको छ। पाकिस्तानले सुरुमा तेहरानका चार्ज डे अफेयर्सलाई […]

दुई महिनाको समयसीमा

चीनको पहिलो औपचारिक भ्रमणबाट फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतप्रति आक्रामक दृष्टिकोण अपनाएका छन्। भारतको नाम नलिए पनि उनले भारतप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। माल्दिभ्सले आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न समय सीमा दिएपछि दुई देशबीचको सम्बन्धबारे ताजा बहस सुरु भएको छ। माल्दिभ्सका मन्त्रीहरूले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेपछि दुई देशबीचको […]

इरानी सैन्य कमान्डर कासिम सुलेमानीको चिहान नजिकै विस्फोटन, कैयौँको मृत्यु

इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा कम्तीमा ७३ जना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको राष्ट्रिय प्रसारकले अन्य १७० भन्दा धेरै जना घाइते भएको जनाएको छ। सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल-जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो। केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती […]

लिबियामा ६० जनाभन्दा बढी आप्रवासी डुबेको ‘आशङ्का’

घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ। उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवतः उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ। भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि […]

ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्‍यो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे। तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्‍याएका छन्।

पानीको चरम अभावले कारण रेल्वे स्टेशनदेखि रेष्टुराँ बन्द

पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ। अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ। अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ। “चेन्नाईलाई यो अवस्थाबाट […]

हतियार भण्डारमा विस्फोट, ३९ को मृत्यु

सिरियाको उत्तर-पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ। पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्।

भारतीय सेनाका मेजरसहित ६ जना मारिए

भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । भिडनत्का क्रममा दुईजना विद्रोही पनि मारिएका छन् । गुरेजमा आठजना विद्रोहीले प्रवेश गर्न खोजेका […]