अर्थ

जेठ १५ सम्म विद्यालय बन्द

शिक्षा मन्त्रायले जेठ १५ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । महाभूकम्पपछि मंगलबार फेरि पनि शक्तिशाली भूकम्प गएपछि तत्काल जेठ १ गतेबाट विद्यालय सुचारु हुन नसक्ने भन्दै उक्त निर्णय गरेको हो । ‘पटक पटकको भूकम्पले आम मानिसलाई त्रसित तुल्यारहेको छ,’ मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले कान्तिपुरसित भने, ‘त्यसैले जेठ १५ सम्म विद्यालय बन्द रहने […]

पश्चिम बंगालबाट ७० हजार त्रिपालसहित राहत आउने

भारतको पश्चिम बंगाल सरकारले नेपाली भूकम्पपीडितका लागि दोस्रो चरणमा पठाउन लागेको राहतमा २० हजार त्रिपाल थप गरेको छ । ‘अब ७० हजार त्रिपाल पुग्ने भयो, पश्चिम बंगाल सरकारतर्फबाट औपचारिक जानकारी आएको छ,’ कोलकतास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले टेलिफोनमा भने, ‘२८ ट्रक राहत सामग्री मंगलबार रक्सौल हँुदै वीरगन्ज पुग्दै छ ।’ ममता बेनर्जी नेतृत्वको सरकारले दोस्रो […]

विमानस्थल पौने घन्टा बन्द

महाभूकम्पपछि सयौं जहाजको चाप थेगेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको धावनमार्ग उप्किएपछि झन्डै एक घन्टा विमानस्थ बन्द भएको थियो । दक्षिणी भेग कोटेश्वरबाट जहाज अवतरण (टच डाउन) गर्ने भागको दुई ठाउँमा उप्किएपछि विमानस्थल करिब एक घन्टा बन्द गरिएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले मर्मत गरेपछि जहाज उडान–अवतरण सुचारु […]