अर्थ

एनसेलको शेअर बिक्री स्वीकार नगर्न सरकारलाई छानबिन समितिको सिफारिस

नेपालकै सबैभन्दा ठूलो निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको शेअर बिक्रीबारे प्रश्न उठेपछि सरकारले गठन गरेको छानबिन समितिले यथास्थितिमा शेअर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको समितिका संयोजकले बताएका छन्। नेपालको नियामक निकायको स्वीकृति नलिई शेअर बिक्रीको सम्झौता भएको जानकारी सार्वजनिक भएपछि सरकारले मङ्सिर २१ गते पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। […]

नाफा ११ प्रतिशत बढ्यो

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को खुद नाफा ११.४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका […]

घट्यो डलर र युरोको भाउ

आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा थियो। आज युरोपियन युरोको भाउ पनि घटेको छ। युरो एकको खरिदमा आइतबार १४४ रूपैयाँ […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल/मट्टितेलको […]

लघुवित्तको कर्जाको ब्याजदर निर्धारण हुँदै 

वाणिज्य बैंकहरूकै आधारदर अनुसार लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोकिने भएको छ। गत भदौमा सार्वजनिक भएको लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान प्रतिवेदनले लघुवित्त कम्पनीहरूको ब्याजदर निर्धारणको विकल्पको रूपमा यस्तो प्रस्ताव अघि सारेको थियो।     सबै लघुवित्त कम्पनीहरूले आफ्नो आधारदर गणना गर्न सक्ने अवस्था नरहेपछि यो विकल्पमा जान लागिएको हो। हालसम्म यही विकल्पमा जाने […]

नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आयोजना हुदै

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे Nepal Wood International Expo तथा Nepal International Furniture & Home Décor International Expo नवौं संस्करण यहि पौष २०, […]

नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) यहि २०८०, पौष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेको कुरा अवगत गराउन चाहन्छौ । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा […]

फेरि बल्झिँदै चीन-अमेरिका व्यापार युद्ध

बेइजिङ : चीनले अमेरिकालाई हुआवे र चिनियाँ उद्यममाथि दबाब नदिन आग्रह गरेको छ । अमेरिकाले प्रविधिको क्षेत्रमा हुआवेको पहुँचमा प्रतिबन्ध लाग्ने गरी निर्यातमा नयाँ नियन्त्रण घोषणा गरेपछि चीनले यस्तो आग्रह गरेको हो । ‘हामी अमेरिकी पक्षलाई हुआवे र चिनियाँ उद्यममाथिको अनुचित दबाब तत्काल रोक्न आग्रह गर्छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ । यस्तै ट्रम्प प्रशासनको गतिविधिले […]

एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ।  तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै पढेको छ । बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल […]

नाफा १५ अर्ब ६६ करोड

नेपाल टेलिकमले गत आर्थिक वर्ष १५ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। कम्पनीको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद आम्दानी अघिल्लो वर्षको तुलनामा १.९६ प्रतिशतले बढेको हो। कुल आम्दानी ४५ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो आवको तुलनामा सो आम्दानी २.१९ प्रतिशतले बढी हो। कम्पनीको नाफामा आएको वृद्धिले प्रतिसेयर आम्दानी बढेको छ।