अनुसन्धानमा प्रयोग गरिएको एउटा चिनियाँ पानीजहाज यसै साता माल्दिभ्स पुग्ने कुराले बेइजिङ, दिल्ली र मालेबीचको तनाव चुलिएको छ।
‘शियाङ याङ हङ ३’ नामक उक्त पानीजहाज माल्दिभ्सको “बन्दरगाहमा छोटो विश्रामका लागि” आउन लागेको र त्यस क्रममा “कर्मचारीहरू अदलीबदली हुने र जहाजलाई आवश्यक सामान परिपूर्ति” गरिने जानकारी औपचारिक रूपमा दिइएको छ। सङ्क्षिप्तमा भन्नुपर्दा यो एकदम सामान्य विश्राम हो।
तर दिल्लीमा यो विषयलाई त्यसरी लिइएको छैन। बरु पानीजहाजको उपस्थितिलाई कूटनीतिक अपमानको रूपमा हेरिएको छ।