विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्।
धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थालेको छ।
सीडीसीले अहिले आफ्नो वेबसाइटमा जनाएअनुसार दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको छ।