आइतबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा थियो।

आज युरोपियन युरोको भाउ पनि घटेको छ। युरो एकको खरिदमा आइतबार १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा पाइन्छ। शुक्रबार युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।