धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ।

मेयर हर्कराज राई (सम्पाङ)ले आज एक सूचनामार्फत अबको १५ दिनपछि सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइने जानकारी दिए।