मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७८ असारमा आएको विनाशकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहस बनाएको थियो। बाढीले क्षति पुर्याएका संरचनामा पुनः पानी पथान्तरण कार्य भइरहेको छ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मत कार्य ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु- १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामबारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ।
सिनियर डिभिजनल इन्जिनियर कुँवरले भने, ‘अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ।’ उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए। सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी पु¥याउनुपर्ने बताए।