इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा कम्तीमा ७३ जना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानको राष्ट्रिय प्रसारकले अन्य १७० भन्दा धेरै जना घाइते भएको जनाएको छ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल-जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो।

केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती विस्फोटहरू बमका कारण भएको जनाएका छन्।