काठमाडौं । नेपाली यू–१९ टिमले दक्षिण अफ्रिकामा हुने विश्वकपको तयारी पूरा गरेको छ । विश्वकप खेल्ने टिम सार्वजनिक त भएको छैन, तर बन्द प्रशिक्षणमा रहेका टोलीका सदस्यहरुले विश्वकपमा कम्तीमा सुपर ६ पुग्ने लक्ष्य सुनाएका छन् ।

सन् २०१६ को विश्वकपमा नेपालले आयरल्यान्ड र न्युजिल्यान्डलाई समूह चरणमा पराजित गर्दै सुपर ८ मा स्थान बनाएको थियो । त्यसपछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले सुपर ६ को लक्ष्य राखेको छ ।