दक्षिण भारतको केरला राज्यमा कोरोनाभाइसको सब-भेरिअन्ट जेएन.१ फेला परेपछि कोभिडका बिरामीको सङ्ख्या बढ्न थालेको छ। कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेको भए पनि राज्य सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ।

उक्त प्रकारको कोरोनाभाइरस यसअघि संयुक्त राज्य अमेरिका र चीनसहित विभिन्न देशमा फेला परेको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिडविरुद्ध बनेका सबै मान्यताप्राप्त खोप जेएन.१ सब‍भेरिअन्टविरुद्ध पनि प्रभावकारी छन्।

केरलामा अहिले १,३०० जनाभन्दा बढी कोभिडका सक्रिय सङ्क्रमित छन्।

कोभिडका कारण शनिवार चार जनाको मृत्यु भएको विवरण आएको थियो। तर कति जना जेएन.१ का कारण बिरामी भएका हुन् भन्ने स्पष्ट छैन।