पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ।
अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ।
अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ।
“चेन्नाईलाई यो अवस्थाबाट अब वर्षाले मात्रै बचाउन सक्छ,” एक अधिकारीले बताए।