सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ।
हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ। बीमा रकम बाहेक यसअघि यातायात समितिहरुले क्षतिपूर्ति स्वरुप पीडित पक्षलाई थप रकम समेत दिँदै आएका छन्।
समितिहरु खारेज भएपछि यातायात कम्पनीहरुलाई थप क्षतिपूर्तिका लागि बाध्यात्मक अवस्था नरहने भएपछि विभागले बीमामार्फत क्षतिपूर्ति बढाउन लागेको हो।