निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५:५५ बजेबाट सडक फेरि अवरुद्ध भएको हो।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ।
त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा बिहान ६:४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। रासस