तेह्रथुममा दश वर्षीया बालिकालाई बालत्कारको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू रहेका छन् । लिम्बूलाई गएको आइतबार पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते बलात्कार गरेपनि घटना बाहिर ल्याइएको थिएन् । घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिइएको थियो ।

संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले जानकारी दिए ।