टर्कीका न्याय र आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ।

आतंकवादको अभियोगमा अमेरिकी एकजना पास्टरलाई अंकाराले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

टर्कीको विदेशमन्त्रालयले उसकै शब्दमा वासिङ्टनको शत्रुतापूर्ण अडान भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ।

अमेरिकामा भएका ती मन्त्रीहरूको सम्पत्ति अमेरिकाले रोक्का गरिदिएको छ भने अमेरिकी नागरिकका हिसाबले गर्न पाउने व्यापार व्यवसायमाथि पनि रोक लगाएको छ।