प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको सत्ता-गठबन्धन तोडेको आरोप लगाउँदै भने, ‘मधेस आन्दोलन फोरम-राजपाले सँगै गरेको थियो । अहिले पनि मिलेरै सहमति गर्नुपथ्र्यो तर फोरम अध्यक्ष यादवले त्यसलाई उल्लंघन गरे ।’ उनले भने, ‘अहिल्यै गठबन्धन टुटेको त छैन तर हामी फोरमको गतिविधि हेरेर निर्णय गर्छौं ।’

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले तत्कालै फोरमले केही निर्णय गर्ने अवस्थामा नरहेको बताए । फोरम र नेकपासँग भएको सम्झौता आफ्नो नकारात्मक टिप्पणी नरहेको उनको भनाइ छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने फोरम-राजपा गठबन्धन सम्बन्धमा त्यस्तो कुनै असर नपरेको बताए । ‘हामी अहिले पनि एक नै छौं, केन्द्रीय सरकारमा पार्टी सहभागी भएको छ,’ उनले भने, ‘तर हामी प्रदेशमा एक नै छ ।’ केन्द्रीय सरकारको सहभागतिाको विषय लिएर प्रदेशमा कुनै असर नपरेको उनले बताए ।