पूर्वी सिरियास्थित देर अल-जोर प्रान्तमा लडाकुहरूले हमला गर्दा कम्तीमा चार जना रुसी सैनिकहरूको ज्यान गएको छ।

सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला हमला भएपछि दुई जना सैन्य सल्लाहकारहरू पनि मारिएको बताइएको छ।

पाँच अन्य रुसी सैनिकहरू घाइते भएको र तीमध्ये दुई जनाको पछि ज्यान गएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

घाइतेहरूको एउटा रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ।