स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ। गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गठबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन्। यो खबर भुवन शर्माले आजको नागरिकमा लेखेका छन्।

संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन्।

लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीसँग सहकार्य गरेर चुनावमा जाने बताएका छन्। उनले भने,‘ आलोचनात्मक रूपमा समर्थन गर्दै चुनावमा जाने वातावरण बनेको हो। हामीले चुनावमा जाने निर्णय गरेका छौ।’