वर्ल्ड इकोनोमिक फोरमले नेपाल सन् २०१७ मा विश्वका दु्रततर आर्थिक विकास गरिरहेका मुलुकमध्ये तेस्रो नम्बरमा पर्ने प्रक्षेपण गरेको छ ।
विश्व बैंकलाई उद्धृत गर्दै वल्र्ड इकोनोमिक फोरमले नेपालको आर्थिक वृद्धिदर ७.५ पुग्ने अनुमान गरेको छ । द्रुततर आर्थिक विकास गर्ने मुलुकको सूचीमा नेपालभन्दा अघि दोस्रो नम्बरमा उज्वेकिस्तान र पहिलो स्थानमा इथोपिया छन् । त्यस्तै, चौथो नम्बरमा भारत छ भने चीन १६ औं नम्बरमा छ ।