काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा अोलीले सांसदहरूलाई सडक र सदनमा संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा बोल्दै अोलीले भरतपुरमा तत्काल मतगणना हुनुपर्ने भन्दै भरतपुर घटनाका विरुद्ध सडक र सदनमा अान्दोलन चर्काउने चेतावनी दिए। ‘भरतपुर घटना निर्वाचन हारजितको मात्रै सवाल होइन।

लोकतन्त्रको सवाल हो’, उनले भने,’राज्यसत्ताको चरम दुरुपयोग भएको छ। संघर्षको लागि तयार रहनुहोस्।´ शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपनि अहिलेको सरकारभन्दा फरक नहुने उनले बताए। ‘हाम्रो लागि परिस्थिति जटिल बन्दैछ त्यसको लागि तपाईँहरू तयार रहनुपर्छ’ उनले भने। उनले एमाले जतिबेला पनि चुनावका लागि तयार रहेको बताए। ‘हामी जतिवेला पनि निर्वाचनको लागि तयार छौं। तपाईँहरू तयार रहनुस्´अोलीले भने,`राति १० बजेदेखि बिहान ६ बजेसम्म मतदानको समय तोकेपनि एमाले तयार छ।’