नवीता श्रेष्ठ र अमर मल्लको मिक्स जोडीले जर्मनीको डसेलडर्फमा सोमबारदेखि सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। नेपाली जोडीले बंगलादेशको महबुब बिल्हा र माउमिता आलमको जोडीलाई ३–० ले पराजित गरेको छ।

नवीता र अमरको जोडीले ११–३, ११–४ र ११–३ को सेटमा बंगाली जोडीलाई पराजित गरेको हो।

नेपालकै अर्को जोडी शिवसुन्दर गोथे र स्वेच्छा नेम्बाङ भने ट्रिनिडाड एन्ड टोबागोका डेक्टर सेन्ट लुइस र रेयान च्याङको जोडीसँग ३–० ले नै पराजित भए। ट्रिनिडाडका खेलाडीले ११–७, ११–३ र ११–८ ले नेपाली खेलाडीलाई पराजित गरेका थिए।