काठमाडौं । सरकारले दुई छिमेकी चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्ने उल्लेख गर्दै दुवै छिमेकीको आर्थिक विकासबाट लाभ लिन सक्ने नीति अख्तियार गरिने जनाएको छ ।अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार घोषणा गरेको आव ०७४/७५ को बजेटमा छिमेक सम्बन्ध महत्वसाथ उल्लेख गरिएको छ । दुवै छिमेकीले गरेको आर्थिक विकासबाट लाभ लिने नीति सरकारले लिएको बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनसँग रेल, सडक, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने गरी एक महिनाअघि ‘बेल्ट एन्ड रोड’ अवधारणामा हस्ताक्षर गरेको थियो । त्यस्तै, भारतसँग पनि रेल, सडकलगायत कनेक्टिभिटी परियोजनालाई गति दिने गठबन्धन सरकारको धारणा आएको छ । गठबन्धन सरकारले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने उल्लेख गरेको छ ।
वर्तमान सत्ता गठनबन्धन कायमै रहने हुँदा अब गठन हुने सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा अहिलेकै सरकारले अघि बढाएको नीति लिनेमा विश्वस्त रहेको सरकारी अधिकारीले बताए । मुलुकको आर्थिक विकासका लागि यस्तो नीति बनाउन लागिएको उल्लेख छ । सरकारले विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण र प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गर्ने भएको छ ।
बजेट भाषणमा अर्थमन्त्री महराले बजेटमा सरकारले परराष्ट्र सम्बन्ध प्रभावकारी बनाउँदै विश्व रंगमञ्चमा नेपालको उपस्थिति सारपूर्ण बनाइने उल्लेख गर्नुभयो । विदेशस्थित नेपाली नियोगलाई आर्थिक कूटनीति, श्रम कूटनीति, पर्यटन कूटनीति र व्यापार कूटनीति सञ्चालन गर्न क्षमतावान् बनाइने सरकारले जनाएको छ ।उच्चस्तरीय भ्रमणका क्रममा चीन र भारतसँग भएका सहमति, सन्धि र समझदारीअनुरूप परियोजना निर्माण प्राथमिकतासाथ अघि बढाउने मन्त्री महराले उल्लेख गर्नुभयो ।
विद्युतीय
राहदानी
(ई—पासपोर्ट)
का
लागि
आवश्यक
पूर्वाधार
तयार
गरिने
मन्त्री
महराले
उल्लेख
गर्नुभयो
।
सरकारले
मेसिन
रिडेबल
पासपोर्ट
जारी
गर्दै
आए
पनि
यसलाई
केही
वर्षभित्रै
प्रतिस्थापन
गरी
अन्तर्राष्ट्रिय
नागरिक
उड्डयन
प्राधिकरणको
सुझावअनुसार
ई—पासपोर्ट
लागू
गर्ने
नीति
लिइएको
परराष्ट्र
मन्त्रालयले
जनाएको
छ
।
परराष्ट्र
मामिला
अध्ययन
प्रतिष्ठानको
पूर्वाधार
विकास
गरी
विदेश
नीति
विश्लेषण
तथा
अनुसन्धान
केन्द्रका
रूपमा
विकसित
गर्दै
लैजाने
नीति
सरकारले
लिएको
छ
।
मानवअधिकारका
लागि
नेपालले
अन्तर्राष्ट्रिय
समुदायसमक्ष
गरेका
प्रतिबद्धता
पूरा
गरिने
मन्त्री
महराले
बताउनुभयो
।
मानवअधिकार
प्रत्याभूति
गर्न
सम्बन्धित
सरकारी
निकाय
सजग
गराइने
उहाँले
उल्लेख
गर्नुभयो
।
अन्तर्राष्ट्रिय
आर्थिक
सहायता
राष्ट्रिय
आवश्यकता
र
प्राथमिकताका
क्षेत्रमा
परिचालन
गरिने
जनाउँदै
मन्त्री
महराले
संघीयता
अनुकूल
हुनेगरी
विकास
सहायता
नीति
परिमार्जन
गरिने
बताउनुभयो
।
स्थानीय
तह
र
प्रदेशमा
अन्तर्राष्ट्रिय
आर्थिक
सहायता
परिचालन
गर्ने
विधि
र
प्रक्रिया
तय
गरी
कार्यान्वयन
गरिने
उहाँले
उल्लेख
गर्नुभयो।
‘विकास प्रक्रियामा सरकारी, निजी, सरकारी र गैरसरकारी क्षेत्रको समन्वयात्मक परिचालन गरिनेछ’, बजेटमा भनिएको छ, ‘गैरसरकारी संस्थाको कार्यसञ्चालन र प्रक्रिया पारदर्शी बनाउन अनुगमन प्रभावकारी बनाइनेछ ।’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले तोकेको क्षेत्र र स्थानमा पारदर्शी रूपमा काम गर्नुपर्ने व्यवस्थामा कडाइ गर्ने नीति लिएको छ ।
सरकारले बजेटमार्फत सम्बन्धित स्थानीय निकायले अन्तर्राष्ट्रिय गैरसकारी संस्थाको कार्यक्रम अनुगमन गर्ने व्यवस्था गरिने जनाएको छ । ‘यससम्बन्धी विद्यमान कानुन प्रतिस्थापन गरी नयाँ कानुन ल्याइनेछ’, बजेटमा उल्लेख छ ।