काठमाडौं । अब वैदेशिक रोजगारिमा जाने युवाले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने भएको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै यस्तो प्रावधानलाई अनिवार्य गरिएको घोषणा गर्नुभयो ।
विदेशमा रहँदा आम्दानी गरेको रकम सोही खाता मार्फत् नेपाल पठाउनुपर्ने बाध्यात्मक व्यवस्था कार्यान्वयन गर्ने घोषणा भएको हो ।
सरकाले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि बैंक खाता अनिवार्य गरेको गरेर उनीहरूले रेमिटेन्स पठाउन पाउने व्यवस्था गरेको हो।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो आम्दानीको केही हिस्सा स्वेच्छाले जलविद्युत उत्पादनमा लगाउन पाउनेछन् । त्यसका लागि रेमिट होइड्रो कार्यक्रम अघि बढाउने पनि बजेटमा कार्यक्रम समेटिएको छ ।