काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका सरसामान महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा जम्मा भएको भएको छ। हराएको सामान मध्ये सबैभन्दा बढी नागरिकता र पासपोर्ट छन्। यसका साथै हराएका लाइसेन्स,पेन्सन पट्टा, सवारी दर्ता किताव पनि प्रहरी कार्यालयमा छ। उपत्यकाका विभिन्न परिसर, वृत र प्रभागहरुमा हराएका सामान धेरै भएपछि डिआइजी बमबहादुर भण्डारीले एकै स्थानमा जम्मा गरेर सुची सार्वजनिक गरेका हुन। उनले हराएको सामान लिन आउनेहरुलाईसजिलो होस् भनेर रानीपोखरीबाटै लिने बुझ्ने व्यवस्थासमेत मिलाएका छन्। प्रहरीले भेट्टाएको सामानहरुको सुची हेर्न यहाँ क्लिक गर्नुहोला।