फास्टफुड एशोसियसन नेपालको १३ औं स्थापना दिवशको अवसरमा संस्थाका संस्थाक अध्यक्ष ताराराम श्रेष्ठ, निर्वतमान अध्यक्ष फणिन्द्र बहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष धन बहादुर श्रेष्ठ संयुक्त रुपमा काठमाडौंको बुद्धनगरमा एशोसियनको भवन शिलन्यास गर्नुभएको थियो ।

उक्त कार्यक्रममा एशोसियसका सम्पूर्ण सल्लाहकार, सदस्यहरु लगायत फास्टफुड व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
भवन निमार्ण पछि हाल काठमाडौं भित्रमात्र सिमित रहेको एशोसिनयन आगामी दिनहरुमा देशका अन्य स्थानमा रहेका व्यवसायीहरुलाई पनि समेट््ने लक्ष्य रहेको तथा व्यवसायीहरुको हकहितका लागि कार्य गर्न सजिले हुने फणिन्द्र श्रेष्ठले बताउनु भयो । वर्तमान अध्यक्ष धन बहादुर श्रेष्ठले आगामी दिनहरुमा एशोसियसनका सम्पूर्ण कार्यहरु आफ््नो भवनबाट सुचारु हुने बताउनु भयो ।


हाल यस एशोसियसनमा १ सय २५ व्यसायीहरु आवद्ध रहेका छन्् । एशोसियनले आफ््नो सदस्यहरुबाट तथा विभिन्न समयमा गरिने कार्यक्रमहरुबाट आर्थिक संकलगन गरि जम्मा भएको रकमबाट भवन निर्माण गर्न लागिएको निर्माण समितिका सदस्य नविन श्रेष्ठले बताउनु भयो ।