जापानी प्रधानमन्त्री शिन्जो आबेले ७५ वर्षअघि आफ्नो मुलुकले आक्रमण गरेको अमेरिकास्थित पर्ल हार्बरको भ्रमण गरेका छन्।
उनले त्यहाँ उक्त आक्रमणमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे।
पर्ल हार्बरस्थित अमेरिकी नौसेनाको केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रपति बराक ओबामा पनि उपस्थित थिए।
ओबामाले आबेको भ्रमणलाई ऐतिहासिक भनी टिप्पणी गरेका छन्।