बेलायत प्रवेश गराईदिने बाचा गरेर महिला आप्रवासीसँग यौनकार्यका लागि माग गर्ने गरेको अधिकारकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार युद्धग्रस्त तथा राजनैतीक अस्थिरता र गरिब मुलुकबाट बाहिरिने महिला आप्रवासीहरू बाटोमा बलात्कार भइने डरमा गर्भनिरोधक ‍‌औषधि बोक्न बाध्य छन्।

न्यूयोर्क मानव अधिकार वाचका अनुसन्धानकर्मी हिलारी मारगोलिस भन्छिन् ‘महिला तथा किशोरीहरू देश छाडेर अन्यत्र बसाई सर्दा यात्रामा यौन दुर्व्यवहारको शिकार भइने डरमा पूर्वसावधानीका रुपमा उनीहरूले गर्भनिरोधक सुई लगाउने गरेका छन् । महिला तथा किशोरीहरू यात्रामा यौन दुर्व्यवहारको सिकार भइने भन्ने थाहा पाएरपनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘

यूएन शरणार्थी संगठनका अनुसार गत वर्ष ६ करोड ५३ लाख मानिस घरबाट विस्थापित भएका छन्, जुन संख्या विगत ५ वर्षमा ५० प्रतिशतले बृद्धि भएको हो। तथ्याङ्का अनुसार ८६ प्रतिशत शरणार्थीलाई विकाशसील देशहरूले धानिरहेका छन्।

हाल टर्कीमा मात्रै २७ लाख सिरीयन शरणार्थि रहँदै आएका छन्। यूनिसेफका अनुसार फ्रान्सको शरणार्थी शिविरमा रहेका बालवालिकाहरू बलात्कार, हिसां तथा अन्य यौन हिसांका सिकार भएका छन्।

यूनिसेफले जनाए अनुसार किशोरीहरूलाई बेलायत प्रवेश गराईदिने भन्दै यौन कार्यका लागि सहमति गराइने गरेको पाइएको छ। एमनेष्टि ईनटरनेशलनले लिबिया जाँदै गरेकी एक महिलासँग गरेको कुराकानीमा ती महिलाले भनेकी छन् ‘यात्रामा बलात्कार भन्ने कुरा सामान्य हो ।’

उनीहरू यात्रा भरी यौन हिसांको सिकार भइने डरै डरले बसिरहेका हुन्छन्। त्यसैले गर्भरहन नदिन आफूसँग गर्भनिरोधक ‍‌औषधि राख्ने गर्दछन्।

मारगोलिसले भने अनुसार उनले धेरै महिलालाई भटेकी छन् जसले लिबिया छिर्नु पुर्व बलात्कारको डरले अगाडि नै गर्भनिरोधक ‍‌औषधि खाएका थिए।

– See more at: http://mahilakhabar.com/?p=21306#sthash.QiFIQu6J.dpuf