ललितपुरको कर्णाल भनेर चिनिने आश्राङ गाविसमा अस्थायी रुपमा बस्न लागि प्रहरी चौकी बनाइएको छ।
स्थानीयको सहयोगमा चापागाउँ प्रहरी वृतले आश्राङ ३ मा प्रहरी चौकी बनाएको हो।
महानगरीय प्रहरी कार्यालयका एआइजी प्रतापसिंह थापाले एक कार्यक्रमका बीच सो प्रहरी चौकीको उद्घाटन गरे।
द्धन्द्धकालमा माओवादीले प्रहरी चौकी भत्काएपछि प्रहरीहरु भाडाको घरमा बस्दै आएका छन्। सामूदायिक बनले उपलब्ध गराएको जग्गामा स्थानीयले श्रमदान गरेर सो चौकी बनाएका हुन्।
निरीक्षणका क्रममा भाडामा प्रहरीहरु भत्किन लागेको घरमा बसेको र आफूले पहल गरी सो चौकी बनाइएको चापागाउँ प्रहरीका डिएसपी श्यामकुमार राईले बताए। आश्राङमा रहेको प्रहरी चौकीले आश्राङ र प्युटार गाविसमा सुरक्षा प्रदान गर्छ।
आश्राङ चापागाउँबाट सवारी साधनमा ४ घन्टामा पुगिन्छ।