सिन्धुली, सिन्धुली जिल्लाको रातामाटास्थित प्रगतिशील उमाविमा शनिबार एकदिने किशोरी स्वास्थ्य सचेतना कार्यशाला भएको छ । कार्यशाला नेपाल रेयुकाई र एक्सएनटी फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेका थिए । कार्यशालामा उमाविमा कक्षा ८–१२ मा अध्ययरत ४१ छात्रा, उनीहरूका अभिभावक, शिक्षिका र विद्यालय व्यवस्थापन समितिका महिला सदस्य सहभागी भएका थिए । कार्यशालामा किशोरवयमा देखिने स्वास्थ्य समस्या तथा बीचमै पढाइ छाड्ने लगायत समस्यामाथि छलफल गरिएको थियो । कार्यशालामा बालमनोविद् मधुविलास खनालले किशोरीहरूमा महिनाबारीका बेला आउने समस्या र स्वास्थ्य सम्बन्धी अन्य समस्या भए आफ्नो परिवार तथा साथीभाइसँग खुलेर कुरा गर्न सुझाव दिए । उनका अनुसार यसरी छलफल गरे समस्या समाधान सहज हुन्छ ।
यस्ता
सचेतना
कार्यशालाले
छात्रालाई
खुलरे
आफ्ना
समस्या
राख्न
र
समाधान
गर्न
सहज
हुने
भन्दै
मनोविद्
खनालले
भने
,
‘जसरी
हामी
आज
मेरो
टाउको
दुख्यो,
पेट
दुख्यो
भन्छौं,
त्यसरी
नै
छात्राले
किशोर
वयका
अन्य
समस्या
खुलेर
भन्नुपर्छ
।’
उमाविका
प्रधानाध्यापक
चक्रबहादुर
श्रेष्ठले
विद्यालयमा
हुँदा
आउने
आफ्ना
समस्या
छात्राले
खुलस्त
भन्न
®
आफ्ना
अभिभावकसँग
छलफल
गर्न
आग्रह
गरे
।
उनले बीचमै पढाइ छाड्ने छात्रालाई फेरि विद्यालय फर्काउने वातावरण बनाउन पनि अभिभावकसँग आग्रह गर्दै छात्रासँग अध्ययन जारी राख्न अनुरोध गरे । रेयूकाईका राष्ट्रिय अध्यक्ष कैलाशविक्रम शाहीले किशोरीहरूको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा आत्मिक विकास र त्यसले अध्ययनमा पार्ने प्रभावबारे सचेतना अभिवृद्धी गराउन कार्यशाला आयोजना गरिएको जानकारी दिए ।