नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानअन्तर्गत निर्माण गरिएको त्रिवर्षीय लगानी योजना परिमार्जन गरिने भएको छ ।
नेपालगन्ज नगरपालिका रहँदा बनाइएको बालमैत्री योजना पछिल्लो ६ महिनाअघि उपमहानगरपालिकामा स्तरोन्नति भएकाले लगानी योजनालाई परिमार्जन गर्न लागिएको सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।
आउँदो आर्थिक वर्षभित्र बालमैत्री नगरपालिका बनाउन तय गरिएको ४१ बुँदे मापदण्डलाई लक्ष्य भेटाउन थपिएका वडालाई स्तरोन्नति गर्नुपर्ने भएकाले तोकिएको समयमा घोषणा गर्न नसिकएको उपमहानगरपालिकाले जनाएको छ ।