काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले मंगलबार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा केन्द्रित भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए। ‘उहाँहरुबीच प्रधानमन्त्रीको भ्रमणका एजेन्डामा छलफल भयो,’ उनले भने।
उनका अनुसार उपप्रधान तथा गृहमन्त्री निधिले शुक्रबार र शनिबार भारतीय उच्च अधिकारीसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा निधि भारत जान लागेका हुन्। भेटघाटमा गृहसचिव नारायणगोपाल मलेगोको उपस्थिति थियो। रासस