काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हतियार राखेको आरोपमा पवेरा गाविस वडा नं. ६ बस्ने ओम प्रकाश चौधरीलाई गएको २५ गते नियन्त्रणमा लिए पनि केन्द्रको निर्देशन भन्दै सार्वजनिक गरेको छैन।
प्रहरी प्रधान कार्यालयबाट कुनै पनि घटनामा पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक नगर्न निर्देशन आएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले सोही अनुरूप सार्वजनिक नगरेको बताए।
उनले गएको २५ गते चौधरीले आफ्नै घरमा लुकाईछिपाई राखेको अवस्थामा घरेलु नट कटुवा पेस्तोल र त्यसका प्रयोग हुने गोली ४ थान र थ्रि नट थ्रि राईफलमा प्रयोग हुने गोली २ थान सहित नियन्त्रणमा लिइएको जानकारी दिदै पक्राउ परेका चौधरीलाई अवैध हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाईने प्रहरी बताए।