काठमाडौं । सरकारले ३ महिनापछि सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’ राख्न सुरु गर्ने तयारी गरेको छ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्नका लागि तयारी अघि बढाएसँगै यातायात व्यवस्था विभागले यस्तो योजना बनाएको हो ।
नेपालमै प्लेट छाप्नका लागि कम्पनीले यातायात व्यवस्था विभागको काठमाडौं मिनभवनस्थित भवन प्रयोग गर्न लागेको छ । कम्पनीले अब केही समयभित्रै इम्बोस्ड प्लेट छपाइको काम मिनभवनमा नै सुरु गर्नेछ ।
इम्बोस्ड प्लेटका लागि पर्सनलाइजेशन सेन्टर स्थापनाको काम अघि बढेको विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
‘सम्भवतः दशैं-तिहारपछि इम्बोस्ड नम्बर प्लेट लागू गर्न सकिन्छ’ अधिकारीले भने,’काम छिटो अघि बढाउने कम्पनीलाई भनेका छौं । कम्पनीले छपाइ मेसिनसहित आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।’
यो प्लेट लागू गर्न कम्पनीले भ्याट बाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । टेण्डरमा आवेदन दिएका ४ कम्पनीमध्ये आर्थिक तथा प्राविधिक क्षमताका आधारमा डेकाटुर टाइगरसँग सम्झौता गरिएको थियो ।
लाइसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट लागू गर्न टेण्डर आह्वान गरेको थियो ।
सवारी
धनिलाई
करको
भार
इम्बोस्ड
नम्बर
प्लेट
राख्न
भने
सवारी
धनीले
निश्चित
रकम
तिर्नुपर्ने
छ
।
एउटा
सवारीमा
इमबोस्ड
नम्बर
प्लेट
परिवर्तन
गर्न
२
हजार
देखि
३
हजार
रुपैयाँ
राजश्व
लिने
तयारी
गरिएको
छ
।
कति
लिने
भनेर
औपचारिक
निर्णय
भने
भएको
छैन
।
विभागको सिफारिसमा अर्थ मन्त्रालयले इम्बोस्ड प्लेटको राजश्व तोक्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।
अनिवार्यरुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ । यसबाट वाषिर्क रुपमा सरकारी कर नतिर्ने समस्या हटेर जानेछ ।