काठमाडाैं
।
सरकारले
एचपी
ब्रान्डको
ग्यास
आयात
रोक्का
गर्ने
निर्णय
गरेको
छ
।
एचपी
ग्यास
विस्फोट
भएर
३
जनाको
मृत्यु
भएपछि
सरकारले
यस
उद्योगको
कारोबार
तत्कालका
लागि
प्रतिवन्ध
लगाउने
निर्णय
गरेको
छ
।
आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको आजको कारोबार देनिकमा समाचार छ ।
आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले झन्डै १ महिनाअघि एचपी ग्यास विस्फोटबाट ३ जनाको मृत्यु भएकोले उद्योगमाथि सो प्रतिवन्ध लगाइएको जानकारी दिए ।
पीडीओ रोक्का भएपति एचपी ग्यास उद्योग बन्द हुनेछ । एचपीले मासिक ६० बुलेट ग्यास आयत गर्दै आएको छ । यो ग्यास ७५ हजार उपभोक्ताको घरमा पुग्छ । जेठ ७ गते ललितपुरको इछताछेमा ग्यास सिलिन्डर विस्फेट हुँदा ३ जनाको ज्यान गएको थियो ।
खाना पकाउने ग्यासको सिलिन्डरमा फलामको पातको मोटाइ नेपाल गुणस्तरअनुसार २.९ मिलिमिटर हुनुपर्नेमा विस्फोट भएको ग्यासको पाताको मोटाइ १.८३ मिलिमिटर पाइएको थियो ।
एचपीका उपभोक्ताले अब के गर्ने भन्ने निर्णय भएको छैन । एचपी ग्यासका उपभोक्ताको सम्बन्धमा निगमले नै निर्णय गर्ने जनाइएको छ ।