काठमाडौं। पानी पुरी फुराउने क्रममा ग्यास लिक भएर आगो सल्किंदा सात जना घाइते भएका छन् ।

राजधानीको कालिमाटीस्थित कपिल डंगोलको आगनमा जस्ताको टहरा बनाई मंगलबार बिहान पानी पुरी फुराउने क्रममा ग्यास लिक भएर आगो सल्किएको थियो ।

ग्यासको आगोको लप्काले भारत मोतिहारी घर भएर कालिमाटी बस्ने विरु पण्डित, रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशको डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोली र स्थानीयले घाइतेलाई उपचारार्थ वीर अस्पताल पुर्याएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार विरु र सुरेन्द्र गम्भीर घाइते छन् । विरुको पुरै शरीर जलेको छ भने सुरेन्द्रको दुवै हात जलेका छन् ।

रोहित, लक्ष्मी, उमेशको दुवै हात समान्य जलेको छ भने राजेशको दुवै हात र अनुहार जलेको छ । डेढ वर्षीय उमेशको भने भाग्ने क्रममा मुखमा चोट लागेको छ । घाइते सबैको वीरमै उपचार भइरहेको एसपी कार्कीले बताए ।