काठमाडौं । ललितपुर, टीकाथली–१३ का ३८ वर्षीय विनयजंग बस्नेतद्वारा पाटन हस्पिटलमा रहेको १४ बेवारिसे शव पटान अस्पताल, प्रहरी र ल.उ.प.म.न.पा. को उपस्थितिमा पशुपति घाट पु¥याएर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरे । अनि हस्पिटलहरुमा रहेको बेवारिश शव तत्कालै घाट पु¥याउँछन् र आफ्नै हातले दागबत्ती दिन्छन् । उनले अहिलेसम्म तीन दर्जनजति शव अन्तिम संस्कार गरिसकेका छन् । बस्नेत अचेल बेला–बेला पशुपतिनाथ मन्दिर पुग्छन् र वृद्धा, असहायलाई खाना खुवाउँछन् । बाटोमा भेटिएका दुःखीलाई खानाको व्यवस्था गर्छन् । यी सबै गर्न उनीसँंग प्रशस्त धन छैन, मात्र ठूलो मन छ । केही पैतृक जग्गा बेचेर उनी समाजसेवामा लागिपरेका छन् ।