काठमाडौं–
सरकारले
बहुचर्चित
बूढीगण्डकी
जलाशययुक्त
जलविद्युत्
आयोजना
पेट्रोलियम
पदार्थमा
भन्सार
विन्दुमै
पूर्वाधार
कर
लगाएर
निर्माण
गर्ने
प्रस्ताव
गरेको
छ
।
आगामी
आर्थिक
वर्षको
बजेट
वक्तव्यमा
‘स्वच्छ
ऊर्जा
विकासका
लागि
उपभोक्तालाई
अतिरिक्त
भार
नपर्ने
गरी’
पेट्रोल,
डिजेल
र
हवाई
इन्धन
आयातमा
प्रतिलिटिर
पाँच
रुपैयाँका
दरले
कर
लगाउने
प्रस्ताव
गरेको
हो
।
यसरी
कर
लगाएर
आगामी
आर्थिक
वर्षमा
सात
अर्ब
रुपैयाँ
संकलन
हुने
अर्थमन्त्री
विष्णु
पौडेलको
अनुमान
छ
र
यो
रकम
बूढीगण्डकी
आयोजनाको
निर्माण
कार्यमा
खर्च
हुनेछ
।
बूढीगण्डकीको
लागत
दुई
खर्ब
५०
अर्ब
रुपैयाँ
छ
।
पेट्रोलियमकै
करबाट
यो
आयोजना
बनाउने
यो
भने
३५
वर्ष
लाग्नेछ
।
बजेटमा
नीतिगत
रूपमै
आगामी
वर्ष
आधारभूत
रूपमा
लोडसेडिङ
अन्त्य
गर्ने,
दुई
वर्षभित्र
पूर्ण
रूपमा
अन्त्य
गर्ने
र
तीन
वर्षभित्र
वर्षायाममा
आत्मनिर्भर
हुने
र
दस
वर्षभित्र
निर्यात
गर्न
सकिने
मार्गचित्रका
साथ
उत्पादन,
प्रसारण
र
वितरणका
आयोजना
कार्यान्वयन
गर्ने
लक्ष्य
लिइएको
छ
।
सरकारले
भारतबाट
६
सय
मेगावाटभन्दा
बढी
बिजुली
आयात
गरेर
लोडसेडिङ
अन्त्य
गर्ने
घोषणा
गर्दै
आए
पनि
बजेटमा
भने
उल्लेख
छैन
।
सरकारले
तीन
महिनाअघि
घोषणा
र
लागू
भएको
‘ऊर्जा
संकट
निवारण
तथा
विद्युत्
विकास
दशकसम्बन्धी
कार्ययोजना,
२०७२’
प्राथमिकताका
साथ
कार्यान्वयन
गर्ने
प्रतिबद्धता
व्यक्त
गरेको
छ
।
यसका
लागि
विद्युत्
नियमन
आयोग
र
ऊर्जा
संकट
निवारण
विधेयक,
विद्युत्
ऐन
र
विद्युत्
चुहावट
नियन्त्रण
ऐन
संशोधन
गरिने
भएको
छ
।
बजेटले
देशको
सम्पूर्ण
र
सम्भाव्य
जलविद्युत्
क्षमताको
एकिन
गर्न
सर्वेक्षण
गर्ने,
अवधि
तोकी
उत्पादन
सुरु
गर्ने
र
उत्पादनलाई
लक्षित
गरी
प्रसारण
लाइन
निर्माण
गर्ने
रणनीति
लिएको
छ
।
नेपाल
र
भारतबीच
पानीको
बाँडफाँट
र
तल्लो
तटीय
लाभका
विषयमा
विवाद
भएका
कारण
अघि
बढ्न
नसकेको
देशकै
सबैभन्दा
ठूलो
जलविद्युत्
आयोजना
कर्णाली
चिसापानीलाई
नेपाल,
भारत
र
चीन
सरकारको
त्रिपक्षीय
मैत्री
परियोजनाका
रूपमा
अघि
बढाउन
पहल
गरिने
बजेटमा
उल्लेख
छ
।
बजेटको
यो
प्रस्ताव
स्वागतयोग्य
भएको
पूर्वअर्थमन्त्री
एवं
सत्तारूढ
एमालेका
नेता
भरतमोहन
अधिकारीले
बताए
।
‘यो
नयाँ
र
राम्रो
कुरा
हो,’
अधिकारीले
अन्नपूर्णसित
भने
।
दस
वर्षमा
१०
हजार
मेगावाट
जलविद्युत्
उत्पादन
गर्ने
घोषणा
गरेको
सरकारले
बजेटमा
भने
आगामी
वर्ष
दुई
सय
मेगावाट
मात्र
जलविद्युत्
उत्पादन
गर्ने
लक्ष्य
लिइएको
छ
।
बजेटको
उद्देश्य
पूरा
भए
आगामी
वर्ष
नेपालको
विद्युत्
जडित
क्षमता
एक
हजार
२९
मेगावाट
हुनेछ
।
त्यसैगरी
चार
सय
८०
मेगावाट
बराबरका
निर्माण
कार्य
सुरु
गरिने
बजेटमा
उल्लेख
छ
।
आगामी
वर्षको
बजेट
कार्यान्वयनबाट
थप
चार
प्रतिशत
जनसंख्याले
विद्युत्
पहुँच
प्राप्त
गर्ने
(हाल
५८
प्रतिशत),
थप
पाँच
हजार
घरधुरीमा
बिजुली
पुग्ने
(हाल
७३
हजार
पाँच
सय)
र
प्रतिव्यक्ति
विद्युत्
खपत
एक
सय
४०
युनिट
हुनेछ
।
पूर्वअर्थमन्त्री
अधिकारीले
भने
बजेट
ऊर्जा
र
समग्र
अर्थतन्त्रलाई
चलायमान
गराउने
रहेको
तर
कार्यान्वयन
प्रमुख
चुनौती
रहेको
बताए
।
बजेटले
ऊर्जालाई
दोस्रो
प्राथमिकतामा
राख्नु
सुखद
भएको
उल्लेख
गर्दै
अधिकारीले
भने,
‘ऊर्जा
क्षेत्रका
लागि
बजेट
सकारात्मक
छ
।’
योजना
आयोगका
पूर्वउपाध्यक्ष
एवं
ऊर्जाविद्
प्रा.डा.
गोविन्दराज
पोखरेलले
यस्तो
खर्बौंको
आयोजनामा
थोरै
लगानी
गर्नुको
अर्थ
नहुने
बताए
।
उनले
पेट्रोलमा
मात्र
कर
लगाउनुपर्नेमा
सबै
पेट्रोलियम
लगाउँदा
त्यसले
उद्योगधन्दा
र
ढुवानीमा
मार
पर्ने
बताए
।
पोखरेलका
अनुसार
विद्युत्मा
नयाँ
कार्यक्रम
नआएको
र
पुराना
कार्यक्रम
पुनः
घोषणामात्र
भएको
प्रतिक्रिया
दिए
।
बजेटले
मुलुकको
ऊर्जा
क्षेत्रलाई
गति
दिन
नसकेको
स्वतन्त्र
ऊर्जा
उत्पादकहरूको
संस्था
इपानका
महासचिव
शैलेन्द्र
गुरागार्इंले
बताए
।
उनले
निजी
क्षेत्रले
दिएको
कुनै
पनि
सुझाव
बजेटमा
नआएकोमा
दुःख
व्यक्त
गरे
।
– Source: http://www.annapurnapost.com