काठमाडौं । संविधानप्रति असन्तुष्ट बन्दै आन्दोलनरत रहेको संघीय गठबन्धनले सरकारले औपचारिक पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको छ ।
शुक्रबार राजधानीमा बसेको संयुक्त गठबन्धनको बैठकले गठबन्धनको नाममा सरकारले आधिकारिक पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो ।
वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाउने निर्णय गरेको गठबन्धनले अबका आन्दोलन प्रदेश तथा जिल्ला केन्द्रित भएर सञ्चालन गर्ने निर्णय गरेको छ ।