एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा बढी रन बनाउने खेलाडी विराट कोहली बनेका छन्।

प्रतियोगितामा सबैभन्दा बढी सेन्चुरी, हाफ सेन्चुरी बनाउने खेलाडी बनेका कोहलीले अन्तिम खेल बाँकी रहेसम्म  ९१९ रन बनाएका छन्।

४ वटा सेन्चुरी बनाएका उनले छ वटा अर्ध सेन्चुरी बनाएका छन्। एक पटक मात्र शून्य रन बनाएर आउट भएका कोहलीले ३६ वटा छक्का र ७८ वटा चौका प्रहार गरिसकेका छन्।

उनले बाउन्ड्रीबाट मात्र ५२८ रन बनाइसकेका छन्। प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने दोस्रो खेलाडी डेभिड वार्नर बनेका छन्।

उनले ६८६ रन बनाएका छन्। १५ खेल खेलेका उनले ७ वटा अर्धसतक प्रहार गरिसकेका छन्। ६९ चौका र २५ छक्का प्रहार गरेका उनले १४७.८४को स्टाइक रेटमा खेलेका छन्। यस्तै सर्वाधिक रन बनाउने तेस्रो खेलाडी रोयल च्यालेन्जर्स बैंलोरकै एबी डिबिलियर्स छन्। उनले प्रतियोगितामा ६८२ रन बनाइसकेका छन्।

१२९ सर्वाधिक रन बनाएका उनले ६ अर्धसतक प्रहार गरेका छन्। प्रतियोगितामा उनले ५७ वटा चौका र सबैभन्दा बढी ३७ वटा छक्का प्रहार गरेका छन्।