काठमाडौं । भारतले लगाएको नाकाबन्दीको कारण यो आर्थिक वर्ष आर्थिक बृद्धि नकारात्मक हुनबाट जोगिएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले विहीवार संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यो वर्ष ०.७७ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान सरकारले गरेको छ। अघिल्लो वर्ष यस्तो बृद्धिदर २.३२ प्रतिशत थियो।
नाकाबन्दीको कारण कृषि,उद्योग र सेवा क्षेत्र खुम्चेको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको हो। यो वर्ष कृषिमा १.३ प्रतिशत तथा सेवामा २.७ प्रतिशत उत्पादन न्यून उत्पादन बृद्धि भएपनि उद्योग क्षेत्रको उत्पादन ६.३ प्रतिशतले घटेको छ।
सरकारले बजेट सार्वजनिक गर्नुभन्दा अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ।