काठमाडौं । यतिखेर तराईको तापक्रम ४० डिग्रीभन्दा पनि उकालो लागेको लाग्यै छ । गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ । गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ । तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ । गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ ः
सनस्ट्रोक : सामान्यतः गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ । हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।
डाबर आउनु : गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।
एलर्जी : धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो । यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न ।
हैजा, टाइफाइड र जण्डिस : यी सबै पानीका कारण हुने रोग हुन् । यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन् । ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन् ।
लामुखट्टेका कारण हुने समस्या : घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन् ।
कसरी बँच्ने ?
सडकमा
बेच्न
राखिएका
काटेका
फलफुल
र
अन्य
खालका
खानेकुरा
बालबालिकालाई
नखुवाउनुहोस्
।
यस्तो
मौसममा
बच्चाहरुलाई
मसालेदार
र
तारेका
खानेकुरा
नखुवाउनुहोस्
।
यस्ता
खानेकुरा
सजिलोसंग
पच्न
सक्दैनन्
।
उनीहरुलाई
ताजा
फल,
हरिया
तरकारी,
जुसजस्ता
स्वस्थकर
खानेकुरा
र
हल्का
खाना
खुवाउनुस्
।
बच्चालाई
तिर्खा
नलागे
पनि
पानी
पिइरहन
प्रेरित
गर्नुहोस्,
यसले
शरीर
सुख्खा
रहन
दिँदैंन
।
उनीहरुलाई
कागती
पानी,
नरिवलको
पानी
र
अन्य
प्राकृतिक
तरल
पदार्थ
दिनुपर्छ
।
बालबालिकालाई
हल्का
र
खुला
कपडा
लगाउन
दिनुहोस्
।
तन्दुरुस्तीका
लागि
आफूसंगै
बच्चालाई
पनि
बिहान
बेलुकी
कसरत
गराउनुहोस्
।