काठमाडौं । नाकाबन्दी हटेको तीन महिनासम्म पनि काठमाडौंमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि भारतको उडिसा राज्यस्थिति सामुन्द्रीक बन्दरगाह पारदीपबाट मासिक करिब १० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने अन्तिम तयारी भइरहेको आजको कान्तिपुरमा देबेन्द्र भट्टराई र कमलेशदेव भट्टराईले खबर लेखेका छन्।

भारतीय आयल निगमकै प्रस्तावमा आपूर्ति मन्त्रालयले ग्यास इन्धन पारादीप प्रशोधन केन्द्रबाट आयात गर्ने निधो गरेको हो। आपूरुति सचिव श्रीधर सापकोटाका अनुसार पारादीपबाट ग्यास नेपाल भित्रिएपछि काठमाडौं लगायत सहरमा रहेको अभाव हट्ने छ।