सिन्धुली । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले आफ्नो पार्टीभित्रको अन्तर संघर्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल खेल्दा रामबहादुर थापा ‘बादल’ले पार्टी फुटाएको अरोप लगाएका छन् ।
प्रचण्डले ठूलो षड्यन्त्र गरेर पार्टी फुटाए पनि सच्चा कम्युनिस्ट रहिरहेको बताए । सन्धुलीमाढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो पार्टी भित्र आन्तरिक संघर्ष चलिएरहेका बेला ठूलाठूला षड्यन्त्र गरेर प्रचण्डको प्रवेश भयो । त्यसपछि एकाएक बादलजीले पार्टी फुटाएर जानुभयो ।’
उनले पार्टी फुटाउनुमा ठूलो धम्की र घेराबन्दी समेत सिर्जना भएको गजुरेलको भनाइ छ । उनले भने, ‘बाादलले पार्टी फुटाउदा ठूलो आधिवेहरी पार्टी भित्र चलेर पात पतिंगर जति उडाएर लगेको छ ।’
गजुरेलले प्रचण्डको नेतृत्वमा बनेको कम्युनिस्ट नेताको भीड नटिक्ने समेत बताए ।  उनले एकता नाममात्रैको भएको समेत आरोप लगाए ।
उनले प्रचण्डको पार्टी एकतालाई चुनावी मोर्चाकोे संज्ञा दिए । ‘यो चुनावका लागि लक्षित गरी गरिएको मोर्चा हो । यो धेरै समय टिक्दैन्,’ उनले थपे ।
माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिलाई लक्षित गर्दै गजुरेलले प्रचण्डले पार्टीमा भर्ती केन्द्र बनाएको समेत आरोप लगाए ।
क्रान्तिकारी माओवादी अब संगठन विस्तारमा लाग्ने जानकारी दिदै गजुरेलले विचार मिलेमा विप्लवसँग एकता हुने बताए ।
‘विचार मिलेमा विप्लव माओवादीसँग एकता हुने संभावना छ’, उनले भने ।
सुरुमा प्रचण्ड र माओवादी केन्द्रको आलोचना गरेका गजुरेलले वेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका नाममा झुठा मुद्धा लगाएर फसाउन सक्ने भएकाले माओवादी केन्द्रसँग कार्यगत एकता हुने जानकारी दिए ।