इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बईलाई हराउँदै गुजरात लायन्स शीर्ष स्थानमा उक्लिएको छ।

गएराति कानपुरमा भएको खेलमा गुजरातले मुम्बइ इन्डियन्सलाई ६ विकेटले हराउँदै १४ खेलबाट १८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। उसका लागि नितिस रानाले सर्वाधिक ७० रन बनाए। यस्तै जोस बटलरले ३३ तथा रोहित शर्माले ३० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा खाता खोल्न सकेनन्।

१७३ रनको जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि सुरेश रैनाले ५८ र ब्रेन्डम म्याकुलमले ४८ रन बनाए भने डायन स्मिथले नटआउट ३७ तथा रविन्द्र जडेजाले २१ रन बनाए।

गएरातिको खेलसँगै प्रतियोगितामा समान १४ खेलबाट मुम्बईको  १४ अंकसहित छैठौं स्थानमा झरेको छ।