गौशाला, २४ वैशाख । महोत्तरी जिल्लाको मटिहानी गाविसमा गएराति दुईवटा पसलमा आगलागी हुँदा रु सात लाखको क्षति भएको छ ।

मटिहानी–९ मा अवस्थित निखिल साहको किराना पसल र रामविलास साहको चिया पसलमा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

passion foundation

मध्यरातमा विद्युत् चुहावट भई भएको सो आगलागीबाट दुवै पसलको सबैथोक जलेर नष्ट भएको तथा लाखौँको क्षति हुन पुगेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

एकैसाथ दुईवटा पसलमा भएको भीषण आगलागीलाई राति २ बजेतिर स्थानीय युवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जलेश्वर नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा २ घन्टापछि नियन्त्रणमा लिइएको थियो ।