एजेन्सी। इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इण्डियन्स् विजयी भएको छ ।

पुनेमा भएको खेलमा मुम्बईले राइजिङ पुने सुपरजाइन्टस्लाई ८ विकेटले हराएउदै मुम्बई इण्डियन विजयी भएको हो ।

राइजिङ पुने सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बइले ९ बल बाँकी छदा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । मुम्बइका लागि कप्तान रोहित शर्माले नट आउट ६० बलमा ८५ रनको योगदान दिए ।

यसअघि पहिले व्याटिङ गरेको राइजिङ पुने सुपरजाइट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो ।

उसका सौरभ तिवारीले ४५ बलमा ५७, स्टेभेन स्मिथले २३ बलमा ४५ र कप्तान महेन्द्र सिंह धोनीले २४ बलमा मात्र २४ रन बनाए ।

जारी लिगमा मुम्बई इण्डियन्स् १० अंक सहित दोस्रो स्थानमा पुगेको छ भने पुने चार अंक सहित छैठौँ स्थानमा छ ।