काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमालेले परिभाषित गरे जस्तो संसदीय सुनुवाई समिति कांग्रेसलाई स्वीकार्य हुन नसक्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर एकले आयोजना गरेको कार्यक्रममा नेता सिंहले संसदीय सुनुवाई समितिका नाममा एमालेले बखेडा गरिरहेको आरोप लगाए । ‘हिजो सुशील कोइराला नेतृत्वको सरकारले न्यायपरिषदको सदस्य सिफारिस गर्दा संसदीय समिति छैन, नयाँ संबिधानको प्रावधानअनुसार नयाँ चुनाव भएपछि मात्र नयाँ संसदीय समिति बन्छ भनेर अबरोध गर्ने । अहिले राजदूतलगायतको सिफारिस गरेर संसदीय समितिमा पठाउने यो कुरा कांग्रेसलाई मान्य हुँदैन ।’

नेता सिंहले सरकारमा रहेकै दलहरू सरकारको औचित्यमाथि प्रश्न उठाउन थालिसकेकाले दाबी गर्दै सरकार कमजोर धरातलमा उभिएको बताए। ‘सरकार कस्तो धरातल उभियको छ भनिरहनु पर्दैन’, उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने खेलमा कांग्रेस छैन । सत्तारुढ दलहरूनै यो सरकार गिराउन लागेका छन् ।’

कांग्रेसले आगामी संसद बैठकमा जनतासँग प्रत्यक्ष जनसरोकार रहने विषयलाई जोडदार रुपमा उठाउने नेता सिंहले बताए ।